शनिबार, माघ २४, २०८२

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ ३० गते १७:१५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा शनिबार दिउँसो दुर्घटना हुँदा दुई जनाको निधन भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिकाका सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।​

मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन् ।​​

प्रहरीका अनुसार अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रतिक्रिया