मागेको २९ जिल्ला न्यायाधीश, पास एक जना
मेरोन्यूज
२०८० भदौ ३१ गते १५:०८

काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जना मात्र लिखित परीक्षा उतीर्ण गर्न सफल भएका छन् । २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएकामा एक जना मात्रै पास भएका हुन् । पारसमणि पोखरेल मात्र उतीर्ण हुन सफल भएका हुन् । उनको अन्तर्वार्ता सोमबार हुँदैछ ।
२९ जना जिल्ला न्यायाधीशका लागि गरिएको विज्ञापनमा आन्तरिक खुलामा १५ जना, खुला प्रतियोगितामा ७ जना, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जना माग गरिएको थियो ।
पोखरेलले आन्तरिक खुलाको १५ र खुला प्रतिस्पर्धाको ७ पदमा प्रतिस्पर्धा गरेका थिए । न्याय सेवाको न्यायप्रशासन समूहका पोखरेल सर्वोच्च अदालतमा कार्यरत छन् ।
न्याय सेवा आयोगले गरेको विज्ञापन अनुसारको परीक्षा भने लोकसेवा आयोगले लिँदै आएको छ ।

सम्बन्धित
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया