शनिबार, वैशाख ५, २०८३

अर्थमन्त्री महत इजिप्ट प्रस्थान

मेरोन्यूज २०८० असोज ५ गते ११:१३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकमा सहभागी हुन शुक्रबार इजिप्ट प्रस्थान गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् । उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउने छन् ।

बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उद्यमान बजारहरूमा दिगो पूर्वाधारका लागि निजी इक्विटी जुटाउने छलफल हुने बताइएको छ ।

साथै हरित र प्रविधि सक्षम पूर्वाधारमा स्टार्टअपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्नेलगायतका विषयहरूमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया