बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव

पोखरा । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।
उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् । अस्पताल प्रशासन र दिवङ्गत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुङ्गोमा नपुगेको जनाइएको छ । अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताए । अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ ।
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया