सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार

काठमाडौं । सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ नामको नयाँ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट पाउनेछन् । यसैगरी सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ ।
सो नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन् । साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ ।
सुजुकीको नेपाली बजारमा बर्गम्यान, एभेनिस र एक्सेस सहित तीनवटा मोडलका स्कुटर उपलब्ध छन् भने मोटरसाइकलमा हायते, जीक्सर र इन्ट्रयुडर छन् ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया