शनिबार, वैशाख ५, २०८३

सञ्चारकर्मीसगँ डराउछिन् अभिनेत्री सबा आजाद

मेरोन्यूज २०८० असोज १६ गते १५:२०

काठमाडौं । अभिनेत्री सबा आजाद यति बेला आफ्नो आगामी वेब सिरीजको प्रचारप्रसारमा व्यस्त छिन् । यसैका लागि उनी विभिन्न सभा सामारोहमा उपस्थिती जनाइरहेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यसैबीच उनले रितिक रोशनसँगको प्रेम सम्बन्धबारे बोलेकी छन् । एक अन्तरवार्ता दिने क्रममा सवाले आफु गोप्य स्वाभावको भएको बताएकी हुन् । उनले भनिन् “म प्राय घर भित्रै बस्न रुचाउछु, बाहिर जान मन पर्दैन् यसै कारण पनि सञ्चारकर्मीहरु सगँको पहिलो भेट मेरा लागी धेरै डर लाग्दो थियो,”। म झुट बोल्दैन् , अहिले सम्म यस्तो सार्वजनिक कुराको बानी थिएन्” ।
यसै कुरालाई लिएर पनि उनको निजि जिवन र कामको बारे धेरै नै कुराहरु चलिरहेको छ ।

उनले रितिक र आफ्नो प्रेम सम्बन्धबारे सार्वजनिक भएसँगै आएका नराम्रा कमेन्टको बारेमा बोल्दै भनिन् ,म कुनै पत्थरबाट बनेकी होईन मेरो पनि मन दुःख्छ, उनले भनिन् “म सुतेर उठ्ने बेला मलाई लाग्छ मैले कसैको के बिगारेको छु, म आफ्नो जिन्दगी बिताईरहेकी छु तिमीहरु पनि आफ्नो जिन्दगीलाई सजाउ, मेरो पछि नलाग तर फेरी म आफै सोच्छु मान्छेले के भन्छन् त्यो कुरालाई परिवर्तन गर्न सक्दिन , मेरो निजि जिवनलाई लिएर निर्णय गर्दछन् जस्लाई म चाहेर पनि बदल्न सक्दिन” ।

सबा र रितिक २०२२ को सुरुदेखि नै प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुको उमेरमा १२ वर्षको अन्तर छ । सबा अहिले ३७ वर्षकी भईन भने रितिक ४९ वर्षका छन् ।

प्रतिक्रिया