कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु भएको छ ।
मुख्यमन्त्री कार्कीले असोज २० गते शनिवबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकका दलले विश्वासको मत दिने निर्णय लिएका छैनन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपा पनि यसपटक मत नदिने बताएको छ ।
९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । तर, एमालेलाई अन्य दलले समर्थन नगरेको र एमालेसाँ मात्रै ४० मत रहेकाले विश्वासको मत पाउने सम्भावना अति नै न्युन छ ।
एमालेका ४० सांसदमा पनि उपसभामुख एमालेकै छिन् । सभामुख नभएकाले उपसभामुखले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था छ । त्यसैले कार्कीको पक्षमा जम्मा ३९ मत पाउने अवस्था देखिन्छ ।
कोशीमा एमालेबाहेक काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद छन् ।
















एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की
Samar polling station in Mustang has just 36 voters
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया