विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने

काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण पहिलो पटक नेपालमा हुने भएको छ । आगामी फागुन ३ देखि ७ गतेसम्म खुल्लामञ्चमा हुने सो कार्यक्रमका बारेमा विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले विश्वव्यापी घोषणा (लन्चिङ) कार्यक्रम आयोजना गरेको छ ।
सम्मेलनका अवसरमा अन्तर महादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि आयोजना हुने विश्व सामाजिक मञ्च नेपाल, मिडिया तथा सञ्चार समूहका संयोजक सुशील विकेले जानकारी दिए । यो मञ्च नवउदारवादका विकल्पमा विचार र अनुभवको आदानप्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो । दुई दशकअघि विश्वमा नवउदारवादी विश्वव्यापीकरणले पारेको प्रभावको विकल्पबारे बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेगे्रबाट थालनी भएको हो ।
मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृृसत्ता, जाति तथा रङ्गभेद, नस्लभेदका विरुद्धमा तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज सङ्गठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ ।
समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि हाल गैह्रसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् । सम्मेलनमा छलफलका लागि १३ समसामयिक विषयहरु छनोट गरिएको छ । तिनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखनस जात, काम र वंशजमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, ऊर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षास शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानतास लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्यायस स्वास्थ्य, सामाजिक संरक्षण र समानतास जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास महिला, बालबालिका, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य विषय छन् ।
नेपालमा हुने सम्मेलनको सफलताको ऐक्यबद्धता व्यक्त गर्दै भारतका प्रा आनन्द कुमार, नेपालका डा उद्धव प्याकुरेल, मोरक्कोका हमुदा सउवी, फ्रान्सका अफ्रिका गुस्ताव मसिहलगायत प्रतिनिधिले शुभकामना दिएका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य
Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया