आइतबार, माघ २५, २०८२

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन यातायात मजदुर पक्राउ

मेरोन्यूज २०८० असोज २९ गते १३:११

विराटनगर । विराटनगरमा २५ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू यातायात मजदुर हुन्।

पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका(११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ती युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार भएको थियो। घटनामा संलग्नहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया