आइतबार, माघ २५, २०८२

धादिङमा फेरि भूकम्प, एकैदिन ५ धक्का

मेरोन्यूज २०८० कार्तिक ५ गते १७:३६

काठमाडौं। धादिङ फेरि भूकम्प गएको छ ।

अपराह्न ४ बजे ३ मिनेट जाँदा धादिङकै बनिया आसपास केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

यसअघि धादिङ केन्द्रबिन्दु भएर चारपटक भूकम्प गइसकेको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

प्रतिक्रिया