काग तिहारमा ‘लप्से झरना महोत्सव’

काठमाडौँ । नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ ।
काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ ।
‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो ।
“चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो”, आयोजक शिवपुरी–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले भने, “महोत्सवको तयारीका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरेका छन् । त्यहीँ नजिकको छङछङ गुर्जे झरनामा भने आगामी चैतमा महोत्सव गर्ने छौँ ।” उनका अनुसार विसं २०८१ मा चाहिँ टुनी खोला र चिलाउने छाँगा झरनासमेत समेटी चार झरना महोत्सव गरिने छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गर्ने जनाइएको छ । महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’समेतको व्यवस्था मिलाइने छ । “स्थानीय बासिन्दालाई अहिले आफ्ना सामान्य उत्पादन बेसार, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि बिक्रीका लागि राख्न भनेका छौँ, अर्को साल प्रदर्शनी कक्ष समेत राखी व्यवस्थित गरिने छ” वडाध्यक्ष श्रेष्ठले भने ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया