शान्ति बाटिकामा ‘काग’ सम्मेलन

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।
एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरिएको छ । उनले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए ।
“विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु”, दुलाले भने , “यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।”
बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएका काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए ।
उनले सम्मेलनको सुरुआत पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए ।
“सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु”, कलाकार दुलालले भने । उनले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्ने गरेका छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने भएता पनि कलाकार दुलाललाई ‘काग’ को आवाज निकाल्ने व्यक्तिका रुपमा परिचित छन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो ।









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया