‘सरुभक्तका मुक्तक’ लोकार्पण

गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राखे । उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताए ।
साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए । “युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरुको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ”, उनले भने, “पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।”
सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाए । उनको २०६१ सालमा ‘हजार बुद्धहरु’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
‘सरुभक्तका मुक्तक’मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । “सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गरेका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो”, उनले भने ।
















सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया