अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै

काठमाडौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मङ्सिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । “चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन् । तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्”, उनले भनिन् ।
आइर्वाटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा महोत्सव आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गरिने छन् ।
महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिने छ ।









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया