आइतबार, चैत २९, २०८२

सिद्धार्थ बैंकले ल्यायाे ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० मंसिर ६ गते १४:३३

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर जोकोहीले खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुकले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई आवेदन दिन सक्नेछन् ।

यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो । तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणले समेत खरिद गर्न सक्नेगरी बिक्री खुला गरिएको हो ।

प्रतिक्रिया