हिमालयन रि इन्स्योरेन्सको आइपीओमा हालसम्म कति पर्याे आवेदन ?

काठमाडौं। हिमालयन रि इन्स्योरेन्स निष्काशन गरेको पहिलो चरणको आइपीओमा २० करोड ६ लाख ६२ हजार ५४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ६ गते साँझ ५ः०७ बजेसम्म ११ हजार ३६३ जनाले ९ लाख ७४ हजार ९० कित्ता लागि आवेदन दिएका हुन् ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन भएको छ । अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ । सोबाट कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया