आइतबार, चैत २९, २०८२

सेयर बजारमा १० अंकको वृद्धि

मेरोन्यूज २०८० मंसिर ७ गते १५:४५

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर रु एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १३ करोड १० लाख ७६ हजार एक सय पाँच बुराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स रु नौ करोड ५८ लाख एक सय ६९,सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रु पाँच करोड ४१ लख ९८ हजार एक सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड २१ लख २७ हजार सात सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै नवील बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया