फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ ।
मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो ।
“ चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको छ”, अभिनेता केसीले भने ।
निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए। उनले भने,“युवापुस्ताले खोजिरहेको विषयमा उहाँहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।”
चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नुहुने छ ।
रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछभने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्ने भएका छन् । चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले राससलाई बताए ।









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया