आइतबार, मंसिर ७, २०८२

कमेडियन अपूर्व क्षितिज दोषी ठहर, १० हजार जरिवाना

मेरोन्यूज २०८० मंसिर १२ गते १६:५७

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

नेवारी समुदायलाई होच्याएर कमेडी गरेको आरोपमा लागेका उनी अदालतबाट दोषी ठहर भएका हुन् ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका अपूर्व क्षितिजले नेवास् समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए ।

थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सो मुद्दामाथि आइतबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

प्रतिक्रिया