नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।
कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो ।
रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिए । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ । बिसका दशकमा लेकाली समूहबाट गायनमा उदाएकी रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् ।
यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया