आम जनता पार्टीले घेर्याे भन्सार बिभाग

काठमाडौँ । आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा भन्सार विभाग कार्यालय घेराउ गरिएको छ ।
आजपाले “भन्सार नियमावलीबाट ४५% कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को लागि आज देखि पुनः भन्सार बिभागमा धर्ना तथा घेराऊ कार्यक्रम शुरू गरेको हो ।
हिजो शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदक़ारी एवं लुटकारी राजस्व नीतिको बिरुद्ध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराऊ भएको हो ।
गत मिति २०८० भाद्र ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरिएको संघर्षको पहिलो चरण अंतर्रगत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो । तर सरकारले यसको कूनै सुनवाई न गरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएकोछ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया