वायुसेवा निगमको आम्दानी दोब्बरभन्दा बढीले वृद्धि
मेरोन्यूज
२०८० पुष ३ गते १९:५४

काठमाडौँ । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । निगमले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको देखाएकाे हाे ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आव २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ ।
निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४% ले वृद्धि गरेको मंगलबार एक विवरण सार्वजनिक गर्दै उल्लेख गरेकाे छ ।
विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया