नेपाल विज्ञापन संघको २४ औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघको २४ औं साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ आज होटेल अरण्य बुटिकमा सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शुुभकामना दिँदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताइन् ।
मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताइन् ।
सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र संघका सुुझावहरुलाई सधैँ सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने उनले बताइन् । विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यवाहीको दायरामा ल्याउने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए ।
करिब २०० जनाको सहभागिा रहेको उक्त कार्यक्रममा उदघाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया