बिहीबार, जेठ १, २०८२

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

मेरोन्यूज २०८० माघ १६ गते ९:४७

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।  

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी/पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया