सेयर बजारमा १४.८८ अंककाे वृद्धि, साढे ५ अर्बकाे काराेबार
मेरोन्यूज
२०८० माघ १६ गते १५:०८

काठमाडौं। नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया