सोमबार, वैशाख १४, २०८३

रास्वपाले विघटन गर्‍याे कर्णाली प्रदेशका सबै कमिटी र विभाग

मेरोन्यूज २०८० फागुन ७ गते ८:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ ।

Advertisement
NiccNicc

आइतबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले कर्णाली प्रदेशमा विशेष अभियानको आवश्यकता देखिएको निष्कर्ष निकाल्दै प्रदेशदेखि वडासम्मका सबै समिति र विभाग भंग गर्ने निर्णय गरेको हो। 

रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो। 

यस्तै आइतबार बसेको रास्वपा सचिवालय बैठकले विभागमा उपप्रमुख र सदस्य मनोनयन पनि गरेको छ।

जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारालाई मनोनयन गरिएको छ।

केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा र केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटीलाई सदस्य बनाइएको छ।

केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको ढकालले जानकारी दिए।

प्रतिक्रिया