जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
मेरोन्यूज
२०८० फागुन १० गते ८:५९

काठमाडौँ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।
पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
प्रवक्ता सुमनले भने, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।”
जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया