विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल

जलेश्वर (महोत्तरी) । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको आरोप लगाए ।
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालले मिसन २०८४ ल्याएको बताए। उनले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागिपर्न जनतासँग आग्रह गरे ।
पत्रकार सम्मलेनमा पार्टीका जिल्ला अध्यक्ष बलिराम यादवको समेत उपस्थिति रहेको थियो ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया