शालिन पोखरेल मृत्युको घटनाले बेचैन बनाएकाे छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा शालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । साथै घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले आग्रह समेत गरेका छन् ।
“चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।” उनले भने ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया