शनिबार, वैशाख ५, २०८३

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

मेरोन्यूज २०८० फागुन २० गते १९:०६

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि २३ गतेसम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय अल्पविकसित राष्ट्रहरुको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुन आज राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

परराष्ट्रमन्त्रीले अल्पविकसित राष्ट्रहरुको विश्वव्यापी समन्वय समूहको अध्यक्षका रुपमा फागुन २२ गते मञ्चको प्रारम्भिक सत्रलाई सम्बोधन गर्नेछन् । साथै उनले ‘संरचनागत रुपान्तरण तथा नवप्रवर्तनका लागि रणनीतिक तीव्रता’ विषयक मन्त्रिस्तरीय संवादमा भाग लिनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित देशहरुको दिगो विकासका निम्ति प्रविधि, ‘डिजिटाइजेसन’ एवं नवप्रवर्तनका माध्यमबाट संरचनागत रुपान्तरणमा सघाउन अल्पविकसित राष्ट्र तथा भूपरिवेष्टित एवं साना टापु राष्ट्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालय र फिनल्यान्ड सरकारले संयुक्त रुपमा उक्त बैठकको आयोजना गरेका हुन् ।

बैठकका क्रममा परराष्ट्रमन्त्रीले फिनल्यान्डका परराष्ट्रमन्त्री एलिना भोल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री साउद यही फागुन ८ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया