शनिबार, वैशाख ५, २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाको निर्णय

मेरोन्यूज २०८० फागुन २९ गते १८:२८

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।बैठकमा जसपाको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिँदै छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका प्रचण्डलाई विश्वासको मत दिन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यसअघि नै ह्वीप जारी गरिसकेका छन् ।

प्रतिक्रिया