सोमबार, चैत ३०, २०८२

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म राजावादीकाे आन्दोलन निरथर्क : कमल थापा

मेरोन्यूज २०८० चैत ३ गते १०:४७

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी कार्य सम्पादन समितिको बिस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनितीक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको समेत टिप्पणी गरेकाे समेत जनाएका छन ।

थापाले अहिलेको राज्य प्रणाली र शासकबर्गप्रती जनतामा बितृष्णा रहेको भन्दै भ्रष्ट ब्यबस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए। सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा , समाबेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको ब्यबस्थाले निकास दिन नसक्ने दाबी गरे । आफुलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दुराष्ट्रको सम्भावनालाई तुहाईदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताए।

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको समेत उनले स्पष्ट पारे । सामुहिक नेतृत्व र  सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफुहरुको प्रयास हुने थापाको कथन छ।

बैठकले मिटरब्याज,लघुबित्त ,सहकारी र बैंकबाट पीडित लाखौ जनताको समस्या समाधान लाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने समेत निर्णय गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सकृय सदस्यता बितरण अभियान, उपनिर्बाचन र संगठन सुदृढीकरण लगायतका बिषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया