सुदूरपश्चिम सरकारलाई दिएकाे समर्थन कायमै राख्ने नाउपाको निर्णय
मेरोन्यूज
२०८० चैत ४ गते १७:३३

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ ।
केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।
सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार उनीहरू दुवैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेको बताए ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया