सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८० चैत ५ गते १३:१४

काठमाडौं। सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका आफ्नै संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको लागि निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
यसमा आज (चैत ५ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।
सम्बन्धित













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया