आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् ।
पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो ।
सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही चैत ३ गते भएको आगलागीबाट २३ घर जलेर नष्ट भएका थिए । सन्थालहरु बस्दै आएको सो सुकुम्बासी बस्तीका नागरिकले दैनिकरुपमा ज्याला मजदुरी गरेर गुजारा गरिरहेका छन् ।
पीडितसँगको भेटमा मुख्यमन्त्री कार्कीले सो समुदायका नागरिकलाई जग्गा उपलब्ध गराउने कामको अग्रसरता लिन स्थानीय तहलाई आग्रह पनि गरे । उनीहरुलाई जग्गा उपलब्ध गराउन सकिएमा सबैको सहयोग र समन्वयमा स्थायी बास निर्माण कार्य थालिने उनको भनाइ थियो ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया