बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
मेरोन्यूज
२०८० चैत १७ गते १८:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रचण्डले ओली र देउवालाई सँगै बोलाएका हुन् ।
नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो । यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका थिए ।
बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।
सम्बन्धित
















राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया