बुधबार, चैत २५, २०८२

मलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके : रेशम चौधरी

मेरोन्यूज २०८० चैत १९ गते १७:२३

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चौधरीले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन् । उनले आफूले पार्टीको किचलोले तीन महिनादेखि खानासमेत नखाएको बताए ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ?’– उनले भने ।

चौधरीले आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए । उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी सुद्धीकरण गरिने बताए ।

प्रतिक्रिया