एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषदको बैठक
मेरोन्यूज
२०८० चैत २४ गते १३:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक बोलाइएको उनले बताए । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया