आइतबार, चैत २२, २०८२

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

मेरोन्यूज २०८० चैत २८ गते ६:४८

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई अघि सारेका छन्।

आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै, राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ। 

उनलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्नेछिन्।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसदले मत हाल्नेछन्।


 

प्रतिक्रिया