सुदूरपश्चिममा ट्राफिक कारबाहीबाट ४ करोड राजस्व संकलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व संकलन गरेको छ।
ट्राफिक प्रहरीले चालु आवको साउनदेखि बैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो।
सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लंघन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए।
त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उनले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिपरकार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रकरट्यांकर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन्।
गत आव २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो ।
सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए ।
चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ । उनले भने, ‘ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ । ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ, साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन् ।’

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया