बचतसँगै व्यवसायमा जोडिँदै महिला

टीकापुर । कैलालीको टीकापुर नगरपालिका– ७ की विपना गुरुङ पुनमगरका श्रीमान् वैदेशिक रोजगारीमा थिइन् । श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो ।
केही महिनाअघि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चलाएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी भने फेरियो । उनले श्रीमान्को कमाइ बचत गर्न थालिन् । तरकारी खेती र बाख्रापालन थालिन् । उनले कमाइको केही अंश बचेतसमेत थालेकी छन्।
“साक्षरता कक्षाबाट धेरै सिकाइ भयो, बचत गर्ने, फजुल खर्च नगर्ने तथा परिवारमा मेलमिलाप कसरी गर्ने भन्नेबारे ज्ञान पाए”, विपना भन्छिन्, “हरेक खर्च र आम्दानीको हिसाब राख्न थाले । दैनिक हिसाबकिताब लेखेर राख्दा घरमा मेलमिलाप र शान्ति भयो ।”
विपनाका श्रीमान् अहिले विदेशबाट घर फर्किएकी छन् । विगतमा सीप नसिकेर रोजगारीमा गएका श्रीमान्लाई सीप सिकेर विदेश पठाउने तयारीमा उनी छिन् । “सीप सिकेर, सम्बन्धित काममा जाने सल्लाह भएको छ”, विपनाले भनिन्, “अहिले मैले पनि तरकारी खेती, कपडा सिलाउने काम र बाख्रापालन थालेकी छु । अब घरखर्चका लागि तनाव छैन ।”
टीकापुर–७ बैदीकै जमुना साउँद पनि साक्षरता कक्षामा सहभागी भएपछि पैसाको महत्व बुझेको बताउछिन् । घरमा मेलमिलापका लागि बचत गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको उनको बुझाइ छ । “महिलाले वित्तीय हिसाबकिताब राख्न र फजुल खर्च घटाएपछि घरमा पनि शान्ति हुन्छ”, उनी भन्छिन्, “हरेक दिन बेलुका दिनभरिका काम र खर्चबारे छलफल हुने गरेको छ । अहिले मैले पनि बाख्रापालन व्यवसाय पनि सुरु गरेकी छु ।”
टीकापुर–४ की सविता चौधरी पनि हिसाबकिताब राख्न र श्रीमान्को विदेशको कमाइ कसरी बचत गर्ने भन्नेबारेमा सिकाइ भएको बताउँछिन् । “जति रकम पठाए पनि हिसाब राख्ने गरेकी थिइन, कुन महिना कति खर्च भयो थाहै हुँदैन थियो”, उनले भनिन्, “अहिले सबै हिसाब राख्दा सहज भएको छ । मैले तरकारी खेती पनि गरिरहेकी छु ।”
वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा कति वर्ष बसाइ हुन्छ रु कति कमाइ हुन्छ रु विदेशमा केही वर्ष कमाएको रकम बचत गरेर, सदुपयोग गरेर सम्पत्ति थपेमा भविष्यमा आइपर्ने समस्या समाधान गर्न सकिनेमा महिलाहरु सचेत बन्न थालेका छन् । अझ विदेशको कमाइलाई सदुपयोग गरी वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यसमेत कामकाजी भएमा घरखर्च यही कमाइ गरी चलाउन सकिन्छ र केही बचतसमेत गर्न सकिन्छ भनी महिला व्यवसायसँग जोडिन खोज्दैछन् ।
साक्षरता कक्षामा सहभागी महिलाले विदेश जाँदा चाहिने कागजातबारे ज्ञान भएको, श्रम स्वीकृति र कानुनी प्रावधानबारे सिकाइ भएको बताएका छन् । यसका साथै परिवार व्यवस्थापन, कामको बाँडफाँट, आम्दानी र खर्चबारे सिकाइ भएको उनीहरु बताउँछन् । टीकापुरकी मीनाकुमारी विष्ट बालबालिकाको शिक्षा आर्जन र परिवारको आम्दानी बढाउन, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत बनेको बताउँछिन्।
“हरेक परिवारको वित्तीय लक्ष्य हुनुपर्छ । हाम्रो समाजमा घरका एक पुरुष विदेशमा कमाउने, अरु सबै बसेर खाने चलन छ”, उनले भनिन्, “त्यसो गर्न हुँदैन । घरका सबैले आर्थिक आयआर्जन हुने काम गर्नुपर्छ ।”
सामी कार्यक्रमले कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ । आप्रवासन परियोजना नेपालमा सन् २०११ देखि सञ्चालनमा छ ।
कार्यक्रमले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यलाई सेवा दिने गरी काम गर्दै आएको छ । कार्यक्रमले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ ।









सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया