विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते

धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।
कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ। भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन्।
घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन। प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ। तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन। शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ। धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया