महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी : मुख्यमन्त्री महरा

सिद्धार्थनगर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई थप सक्रियतापूर्वक काम गर्न आग्रह गरे।
आयोगले आज लुम्बिनी प्रदेशसभाका नीतिगत विषयमा प्रदेशसभाका संसदीय समितिका सभापति र महिला सांसदसँग अन्तरक्रियामा मुख्यमन्त्री महराले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने गरी सबैले काम गर्नुपर्ने धारणा राखे ।
उनले यस्ता छलफल तथा अन्तरक्रियाले नीति, नियम निर्माणमा सहयोग पुग्ने भएकाले आयोगले प्रदेशसँगै सङ्घीय सरकारलाई पनि यसतर्फ ध्यानाकर्षणका लागि पहलकदमी लिनुपर्ने सुझाव दिए।
यस्तै महिलाको सम्पत्तिमा पनि समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री महराले यसमा सकारात्मक भूमिका खेल्न सबैले सहयोग गर्न जरुरी रहेको उल्लेख गरे।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले समाजमा देखिएका विभिन्न विभेदको अन्त्यका लागि आयोगले अभियान चलाउनुपर्ने सुझाव दिए। उनले आयोगले सातै प्रदेशसभासँग सहकार्य गरेर ऐन, कानुन र नीतिनियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वले भोगेका समस्या पहिचान गरी आयोगले समाधानका लागि सहजीकरण गर्नुपर्ने धारणा राखे।
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले संविधानले गरेका व्यवस्था लागू गर्न सबै निकायले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया