शुक्रबार, माघ २, २०८२

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०८१ असार १२ गते १४:०७

चितवन । बुधबार बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब दिउँसाे १ बजे जलबीरेमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दुईतर्फ नै गाडी गुड्न सकेका छैनन् । पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया