शुक्रबार, फागुन १, २०८२

इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक

मेरोन्यूज २०८१ असार १३ गते १५:०५

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा लिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भुगोलका लागि पनि उपयुक्त हुनेछ ।

नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्षा विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

नयाँ सेरेस ३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीय रुपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयुभीको ट्यागलाइन लिमिटेडलेसनेसलाई पनि समेटेको छ ।

एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ ।

यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ ।


यसको स्टेरिंगमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ ।

पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोडअनुसार गाडि चलाउन सक्नेछन् ।

एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्र्ट ड्यास क्यामले सजिएको सेरेस ३ मा प्रविधि र सुरक्षाको उत्तम सम्मीश्रण रहेको छ ।

यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ जसले यात्रालाई आरामदायी बनाउँछ । साथै यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग रहेको छ । अटो होल्ड, इबीडी, टीपीएमएस र इएसपीसहितको व्यापक सुरक्षा व्यवस्था गरिएको सेरेस ३ मा तपाईं निश्चिन्त यात्रा गर्न सक्नु हुनेछ ।

सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य क्रमसः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । पर्फमेन्स, लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास एमएडब्लु वृद्धिले लिएको छ ।

प्रतिक्रिया