मेलम्ची नदीमा महिलाको शव भेटियो
मेरोन्यूज
२०८१ असार १३ गते २०:००

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ ।
आज बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिए।
हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
शव परीक्षणका लागि काठमाडौं पठाइएको तिमिल्सेना जानकारी दिए।
सम्बन्धित

















एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया