आइतबार, माघ ४, २०८२

वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री

मेरोन्यूज २०८१ असार १४ गते १२:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया