माओवादी सांसदले भने- म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले संसदीय व्यवस्थामा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया भएको बताएका छन् । उनले राजनीतिक एजेन्डा र बहुमत पुर्याउन सक्नेले सरकार बनाउने बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान सुधारभन्दा पनि राजनीतिक नेतृत्वको प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अहिले सरकार बनाउने राजनीतिक परिवर्तन चित्त बुझ्दो नभएको पनि बताए ।
उनले अहिले राजनीतिक स्थिरता र संविधान संशोधनको नारा दिएर अहिले सरकार परिवर्तनको तयारी भएकोमा चित्त दुखाए । “हिजो पनि आज पनि केही माननीय साथीहरूले गीतको अन्तरा भन्नुभयो मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको एउटा गीत छ” उनले भने, “कति जल्छौँ आरिसले अझै जल्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, रेग रेसा…”
स्थायित्वको नारा दिएर पार्टी एकता गरेर जाँदा सदन विघटन भएको उल्लेख गर्दै उनले अहिले कसरी राजनीतिक स्थिरता कति चाहिँ विश्वास गर्ने भन्दै शंका रहेको उल्लेख गरे ।















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया