‘लक्की फिल्मी अवार्ड २०८१ ’ को लोगो सार्वजनिक

काठमाडौँ। लक्की फिल्मी अवार्ड २०८१ को लोगो एक समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको लागो सार्वजनिक गरेका हुन् ।
काठमाडौँमा आज आयोजित एक समारोहमा अवार्डको लोगो सार्वजनिक गरिएको हो । लागो सार्वजनिक गर्दै अभिनेत्री लुइटेलले अवार्डको सफलताको शुभकामना व्यक्त गरिन् । मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा अभिनेत्री लुइटेलले आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्की प्रति विशेष आभार व्यक्त गरिन् ।
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ । अघिल्लो संस्करणमा भएका केही कमीकमजोरीलाई समेत सुधार गर्दै नयाँ संस्करण आयोजना गर्ने तयारीमा जुटेको महाप्रबन्धक कार्कीले बताए । लक्की फिल्मी अवार्ड मोफसल कै एक मात्रै र ठूलो फिल्मी अवार्ड भएको भन्दै महाप्रबन्धक कार्कीले अवार्डमा चलचित्र क्षेत्रमा कार्यरत कलाकार, सामाजिक अभियान्ता एवम् विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्ने बताए ।
अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा लेखन, उत्कृष्ट गायक महिला, उत्कृष्ट गायक पुरुष, उत्कृष्ट सङ्गीतकार, अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड, उत्कृष्ट सिनेमाटोग्राफर, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, लोकप्रिय कलाकार पुरुष, लोकप्रिय कलाकार महिलालाई सम्मानित गरिने छ । त्यस्तै, उत्कृष्ट सम्पादक, उत्कृष्ट निर्देशक, उत्कृष्ट कम्पोजर, स्पेशल मुभी लगायतलाई सम्मान गरिने कार्कीको भनाइ छ ।
कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिने कार्कीको भनाइ थियो । आगामी संस्करणको लक्की फिल्मी अवार्ड असोजमा गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया