मंगलबार, चैत १०, २०८२

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

मेरोन्यूज २०८१ साउन ४ गते १६:४०

भद्रपुर (झापा) । गत आर्थिक वर्ष २०८०र०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

Advertisement
nepal life insurencenepal life insurence

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुुसार जिल्लाको पुँजीगततर्फ रु पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित रु १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात रु १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उनले भने ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०र०८१ म रु १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट रु १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको संकलन भएको हो ।

प्रतिक्रिया